+
Search

ताजा अपडेट +

पपुलर +

मनाङमा भित्रीय दशैं विशेष तीन हजार बढी पर्यटक

अरुणा ढकाल
२०७९ आश्विन १७, सोमबार

काठमाडौं । नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ ।

बिदामा घुम्न मनाङ सहज हुँदै गएको छ । मनाङमा दसैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए । “कोभिड–१९ सङ्क्रमणपछि अहिले आन्तरिक पर्यटक बढेका छन् । विस्तारै भ्रमणमा निस्कने बढ्न थालेका छन्,” उनले भने । दशैंको बिदामा मनाङ भित्रिने आन्तरिक पर्यटक बढेको उनी बताउँछन् ।

केही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । करीब दुईवर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटक योजनासहित भ्रमणमा आउन थालेका छन् ।

विसं २०७६ चैतदेखि नेपालका सबै संरक्षित क्षेत्र र अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो । कोभिड–१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ । आन्तरिक पर्यटकको रोजाइँमा मनाङ र मुस्ताङ पर्ने गरेका छन् । अहिले पर्यटक मनाङ आउने समय अनुकूल हो । यो समयमा आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल