Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

‘लाखे’ को ट्रेलर सार्वजनिक

अरुणा ढकाल
२०७९ आश्विन १७, सोमबार

काठमाडौँ । सस्पेन्स थ्रिलर जन्राको प्रतीक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अबसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनिकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रिल, एक्सन तथा सेन्टिमेन्टसको सम्मिश्रण देखिन्छ । ट्रेलरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ ।

फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपानेले सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

हेर्नुस् ट्रेलर :

https://youtu.be/xyyKHCbD1jo

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल