काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम पार्टीले प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीबाट हटाएको छ ।
असोज ३ मा बुझाएको सूचीमा उनको नाम थियो । तर, १६ असोजमा निर्वाचन आयोगमा बुझाइएको संशोधित बन्दसूचीबाट उनको नाम हटाइएको हो ।
महरा दाङबाट चुनाव लड्ने सम्भावना छ ।
प्रतिक्रिया