मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको शव फेला

काठमाडौँ । मनास्लु हिमपहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविरको बीचमा पहिरो खसेपछि बेपत्ता भएका ताप्लेजुङका दावा छिरिङ शेर्पाको शव सोमबार दिउँसो ११ बजे फेला परेको पर्यटन विभागले जनाएको छ ।

मनास्लुको दोस्रो शिविरबाट फर्किँदै गर्दा आइतबार उनी बेपत्ता भएका थिए । उनी काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीसँग आबद्ध थिए ।

उनको शव त्यहीँका स्थानीय शेर्षाहरूले भेटाएका हुन् । शरदयामको मनास्लु आरोहणका क्रममा उनीसहित ३ जनाको मृत्यु भइसकेको छ । यसअघि हेली एभरेस्ट र सिम्रिक एयरले खोजी गर्दा पनि शव फेला पार्न सकेका थिएनन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्