+
Search

ताजा अपडेट +

पपुलर +

दिनमा कपडा किन्न फेरि रातमा नाङ्गिनु पर्ने, ओहो ! जिबनमा यो भन्दा कठोर व्यापार देखिएन

अरुणा ढकाल
२०७९ आश्विन १७, सोमबार
बिमल अम्गाई दुर हुनेहरु नजिक हुने आधार देखिएन। देख्नु पर्नेको आँखामा प्यार देखिएन। म नजर उपहार दिन आएको थिएँ। फर्किएँ, तिम्रा नयनमा गाजल देखिएन, श्रिङ्गार देखिएन। मलाई बिर्सिएर तिमी लामो छुट्टिमा हिँडिछेउ, कुनैदिन तिमि बिर्सिन सकिएन, शनिबार देखिएन। दिनमा कपडा किन्न फेरि रातमा नाङ्गिनु पर्ने, ओहो ! जिबनमा यो भन्दा कठोर व्यापार देखिएन। सिटामोलको सपना देखाएर चुनाब जितेर गए, त्यसपछि मेरो दुर्गममा कहिल्यै सरकार देखिएन।  

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल