काठमाडौं । संखुवासभाको सभाखोलामा पौडी खेल्न गएका बाबु छोरा बेपत्ता भएका छन् ।
खाँदबारी नगरपालिकामा रहेको सभाखोलामा पौडी खेल्न ४० वर्षिय तारानाथ काफ्ले र १५ वर्षिय छोरा सनम आज विहान गाडी लिएर पौडी खेल्न गएका थिए ।
खोलाबाट बाबु छोरा नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले खोला किनारमा बलेरो जीप, कपडा, जुत्ता, मोबाइल लगायतका समान फेला पारेको छ ।
हिजो रातीबाट पानी परेकाले खोलामा पानीको सतह बढेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले छोरालाई खोलाले बगाएपछि बचाउने क्रममा बाबु पनि बगेको हुन सक्ने देखाएको छ ।
बेपत्ता हुनेहरुको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक विरेन्द्र गोदारले बताए ।
प्रतिक्रिया