काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नवौं चरणको खेलमा लेस्टर सिटी विजयी भएको छ ।
घरेलु मैदान किङ पाओर स्टेडियममा आज बिहान सम्पन्न खेलमा लेस्टरले नोटिङगम फरेस्टमाथि ४-० गोलको सानदार जित निकालेको छ । पहिलो हाफको २५ औं मिनेटमा राइट विंगर जामेश म्याडिशनले पहिलो गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
त्यसको लगत्तै २७ औं मिनेटमा फर्वार्ड वामेशले भर्डीको पासमा दोस्रो गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाएका हुन् ।
पहिलो हाफकै ३५ औं मिनेटमा म्याडिशनले पुनः फ्रिकिक मार्फत् व्यक्तिगत दोस्रो गोल गरेका थिए । पहिलो हाफ ३-० ले पछि परेको नोटिङ्गम दोस्रो हाफको ७३ औं मिनेटमा लेष्टरका पाटसन डाकाले अर्को गोल गरेपछि ४ गोलले पछाडि परेको थियो ।
अंक तालिकामा पुछारमा रहेका यि दुई टिमको खेल निकै रोमाञ्चक रहेपनि नोटीङ्गमले भने कुनै गोल गर्न सकेन । यो जितसँगै लेस्टर ९ खेलमा ४ अंक बटुल्दै १९ औं स्थानमा रहेको छ भने नोटिङ्घम पनि समान अंक सहित पुछारमा रहेको छ ।
प्रतिक्रिया