जापानको आकाशमाथि उत्तर कोरियाली मिसाइल प्रहार भएपछि….

उत्तर कोरिया । उत्तर कोरियाली जापानको आकाशमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहार भएर जापानको आकाशमा देखिएपछि त्रास फैलिएको थियो ।

सबेरै मिसाइल देखिएपछि जापानी सञ्चारमाध्यममा मुख्य खबर बन्न पुग्यो । मिसाइल देखिएका क्षेत्रहरुमा साइरन नै बजाइएको थियो । उत्तर जापानका नागरिक साइरनको आवाज सुनेर उठेका थिए ।

उनीहरुलाई भवनबाट बाहिर निस्कन या भूमिगत हुन भनिएको थियो । सन् २०१७ यता उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि मिसाइल प्रहार गरेको हो ।

पछिल्लो समय उत्तर कोरियाली आणविक अस्त्रको परीक्षण गर्ने विषय चर्चामा छ । यसबीच उसले जापानी आकाशमा मिसाइल प्रहार गरेको हो ।

मिसाइल एक हजार किलोमिटर उचाईमा पुगेको जनाइएको छ । उत्तर कोरियासँग लामो दूरीका शक्तिशाली मिसाइलहरु छन् ।एजेन्सी

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्