
बरदान
कमल पौडेल
एउटि आइमाई
जसलाइ
यो समाजले बेश्याको उपमा दिएको छ
उनी एकाबिहानै उठ्छिन
नुहाइधुवाई गर्छिन
र मन्दिर जान्छिन
अनि माग्छिन भगवानसँग ।
आफ्नो ब्यापारमा फाइदा
केही ग्राहकहरु,
भगवानले पनि तथास्तु भन्दिन्छन
अनि उठ्छिन
एक पतिब्रता आईमाई
अनि उनै भगवानसँग माग्छिन
आफ्नो श्रीमानको ‘खुसी’,
भगवानले उनलाइ पनि
तथास्तु भन्दिन्छन
यो संसार यसरी चलेको रहेछ
भगवानको अस्तित्व यसरी बचेको रहेछ ,
दुइजनाले मागेको कुरा एउटै भएर…
