काठमाडौं । इटालियन सिरी ‘ए’को क्लब नेपोलीले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै मंगलबार राति च्याम्पियन्स लिगमा आयाक्समाथि ६–१ को फराकिलो विजय हसिल गरेको छ ।
नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ मिनेटमा मोहम्मद कुडुसको गोलबाट अग्रता लिएको थियो । पाहुना टोली नेपोलीका जियाकोमो रास्पाडोरीले १८औँ मिनेटमा बराबरी गोल फर्काए ।
३३ औँ मिनेटमा जियोभानी डी लोरेन्जोले गरेको गोलबाट नेपोलीले अग्रता लिन सफल भयो ।
प्रतिक्रिया