Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई चितवन-३ नछाड्न पाँच दलको आग्रह

अरुणा ढकाल
२०७९ आश्विन १९, बुधबार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन, चितवनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नम्बर ३ नछाड्न आग्रह गरको छ ।

पाँच दलीय गठबन्धन, चितवनका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको बैठकले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै लड्न अपिल गरको हो ।

प्रचण्ड अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पाँच दलीय गठबन्धन, चितवनले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘गठबन्धन दलका शीर्ष नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकृष्ट हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिन हुन अपिल गर्ने निर्णय गरिन्छ ।’

त्यस्तै बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । केन्द्रमा भएको निर्णयबमोजिम जिल्लास्थित पाँच दलीय गठबन्धन सम्भावित उम्मेदवारलाई विजयी गराउन लागिपर्ने बैठकको निणर्य छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल