राष्ट्रपतिले नागरिकलाई दशैँको टीका लगाइदिने, पूर्वराजाले के गर्लान् ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई टीका लगाइदिने हुनु भएको छ । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ ।

दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि पाँच बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

तर, यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाइदिने बताइसक्नु भएको छ । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्