Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

उत्तराखण्डमा जन्ती बस दुर्घटना, २५ जनाको मृत्यु

अरुणा ढकाल
२०७९ आश्विन १९, बुधबार

भारतको उत्तराखण्डस्थित पौडी गढवाल जिल्लामा मंगलवार राति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। जन्ती लिएर हरिद्वारबाट काडँगाउमा जाँदै थियो।

उक्त बस सिमडी गाउँमाa पुग्दा ८ बजेतिर ५०० मिटर तल खसेको बताइएको छ। राति दुर्घटना हुँदा उद्धारमा कठिनाइ भएको थियो। स्थानीयले मोबाइलको फ्ल्यास लाइट बालेर यात्रुहरुको खोजी गरेका थिए।

बसमा ५० जना जन्ती रहेकोमा २१ जनाको उद्धार भएको उत्तराखण्डाका डिजीपी अशोक कुमारले बताएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल