एमाले अध्यक्ष ओलीले बुवा र बढीआमाको हातबाट लगाए टीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित झापा पुगेका उनले दमकस्थित आफ्नै निवासमा टीका ग्रहण गरेका हुन् ।

बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई साइत पारेर ११:५१ बजे नै सँगै टीका लगाइदिएका हुन् ।

त्यसअघि ओलीले बालबालिकालाई टीका लगाइदिएका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्