काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समितिका सदस्य शत्रुधन प्रसाद सिंहले पार्टीबाट राजीनामा दिएका छन्।
पार्टी पाँच दलीय गठबन्धनको नाममा मधेसी जनताको भावना विपरीत अघि बढेको आरोप लगाउँदै संविधानसभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका सिंहले प्रेस वक्तव्य मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन्।
सिंहद्वारा जारी विज्ञप्तिमा ‘पछिल्लो समय पाँच दलीय गठबन्धनको नाममा पार्टीले मधेसी जनताको भावना विपरीत मधेसको अस्तित्व नै धरापमा पार्ने गरी कार्यहरू गरेका हुनाले लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरीत कार्यकर्ताको मन मस्तिष्कमा पुर्याएको चोट सहन गर्न नसकै कारण आजकै दिनबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु।
चुनाव घोषणा भएलगत्तै सिरहाको निर्वाचन क्षेत्र नम्बर २ बाट सिंहले उम्मेदवारी घोषणा गरे पनि गठबन्धनमा नेपाली काँग्रेसको भागमा सो क्षेत्र परेको छ। आफू उठ्ने क्षेत्र पार्टीको भागमा नपरेपछि उनी निकटका नेता कार्यकर्ताले राजीनामा दिने सिलसिला चलेको छ।
प्रतिक्रिया