Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

चेल्सीलाई पहिलो सफलता

अरुणा ढकाल
२०७९ आश्विन २०, बिहीबार

काठमाडौँ । चेल्सीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । प्रिमियर लिग टोलीले बुधबार इटालियन सिरी क्लब एसी मिलानलाई ३–० ले हराएको छ । यसअघि दुई मध्ये एक खेलमा बराबरी गरेको चेल्सीले अर्को खेलमा हार बेहोरेको थियो ।

चेल्सीको जितमा फोफाना, इमरिक ओबामयाङ र रिस जेम्सले ले गोल गरेका थिए । सेप्टेम्बरमा लेस्टर सिटीबाट चेल्सी पुगेका फोफानाले पहिलो गोल गरेका थिए ।

उनले २४ औं मिनेटमा गोल गरेका हुन् । थप दुई गोल दोस्रो हाफमा भएको थियो । ओबामयाङले ५६ औं मिनेटमा र त्यसको ५ मिनेटपछि जेम्सले गोल गरेका थिए ।

समूहमा ३ खेलमा चेल्सीको ४ अंक पुगेको छ । टोली अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको एफसी साल्बर्गको ५ अंक छ । तेस्रो स्थानको मिलानको पनि ४ अंक छ भने पुछारको डिनोमो जागरेभको ३ अंक छ ।

समूह इको अर्को खेलमा पहिलो जित निकाल्ने क्रममा साल्जबर्गले जागरेभलाई १–० ले हराएको थियो । प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर सिटीले कोपनहेगनमाथि ५–० को शानदार जित निकालेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल