Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

‘दुई नम्बरी’ फिल्मको अग्रिम बुकिङ खुल्ला

अरुणा ढकाल
२०७९ आश्विन २०, बिहीबार

काठमाडौं । यही शुक्रबार अर्थात असोज २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दुई नम्बरी’ को अग्रिम बुकिङ खुल्ला भएको छ ।

अभिनेताद्वय दयाहाङ राई तथा सौगात मल्लको मुख्य भूमिका रहेको यो फिल्मको अग्रिम बुकिङ हिजो बुधबार अर्थात् दसैंको टीकाको दिनदेखि प्रारम्भ भएको हो ।

यो फिल्मलाई मल्टीप्लेक्सहरूले उल्लेख्य शो दिएका छन् । क्यूएफएक्सले देशभरका आफ्ना सिनेमा हलमा यो फिल्मलाई ३५ शो दिएको छ । शुक्रबार सम्ममा शो संख्या वृद्धि हुने अनुमान छ ।

आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य शो दिएका छन् । क्यूएफएक्सले अग्रिम टिकट विक्री थालिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल