+
Search

ताजा अपडेट +

पपुलर +

मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, मेयरसहित १८ जनाको मृत्यु

अरुणा ढकाल
२०७९ आश्विन २०, बिहीबार

काठमाडौँ । अमेरिकाको छिमेकी देश मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी १८ जनाको हत्या गरेका छन् ।

यस घटनामा मेक्सिको सिटीका मेयरको पनि मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार संगठित अपराधसँग सम्बन्धित बन्दुकधारीहरूले दक्षिणपश्चिम मेक्सिकोको सान मिगुएल टोटोलापानमा सिटी हल र नजिकैको एउटा घरमा गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

घटनाका केही तस्विरहरु पनि सार्वजनिक भएका छन् । जसमा सिटी हलको भित्तामा सयौं गोलीहरू देखिन्छन्। हलका झ्यालका सिसा पनि फुटेका छन् ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा कम्तिमा १० जनाको शव एकअर्काको छेउमा रहेको रगतले लतपतिएको दृश्य देखाइएको छ । मारिनेमा मेयर कोनराडो मेन्डोजा, उनका बुबा र पूर्व मेयर जुआन मेन्डोजा र अन्य शहरका प्रहरी अधिकारीहरू थिए ।

आपराधिक समूह लस टेकलेरोसले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बुधबारको आक्रमणको जिम्मेवारी लिएको छ, यद्यपि स्थानीय अधिकारीहरूबाट तत्काल पुष्टि भएको छैन ।

कोनराडो मेन्डोजासँग सम्बन्धित पीआरडी राजनीतिक दलले आक्रमणको लगत्तै एक विज्ञप्तिमार्फत मेयरको मृत्यु भएको पुष्टि गरेको छ ।एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल