टीका लगाउन हिँडेकी महिलालाई माइत पुग्न नपाई बगायो खोलाले

काठमाडौँ । दसैँको दिन बुधबार माइतमा टीका लगाउन हिँडेकी गुल्मीकी एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ ।

गुल्मीको गाउँपालिका वडा नम्बर नं. ५ की ४१ वर्षीय लक्ष्मी कुँवर सोही पालिकाको वडा नम्बर २ को पिपलधारामा टीका थाप्न माइत जाने क्रममा अरौदी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी निरीक्षक श्यामप्रकाश यादवले दिएको जानकारी अनुसार निरन्तर पानी परेर बाटो अवरुद्ध भएकाले शवलाई बिहीबार बिहान तम्घास ल्याई पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्