संखुवासभा । सदरमुकाम खाँदबारीमा कात्तिक १ देखि ५ गतेसम्म अरुण भ्याली अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक एडभान्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगितामा क्यामरुन र वेस्ट बंगालका टिमसहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ८ टिम सहभागी हुने जनाएको हो ।
महेन्द्र माविको खेल मैदानमा हुने प्रतियोगितामा क्यामरुनको एभिनियर फुटबल क्लब र वेस्ट बंगालको आमुक्त फुटबल टिमसहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया