काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले यस पटकको प्रतिनिधिसभा उम्मेदवारका लागि टिकट नपाउने भएका छन् । एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई अघि बढाएको हो ।
एमालेको टिकट वितरणको अधिकारसमेत पाएका पार्टी अध्यक्ष केपी ओलीले बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् ।
अछाम जिल्ला कमिटीले भीम रावललाई सर्व सहमत एकल सिफारिस गरेको भएपनि ओलीको रोजाइमा भने बोहरा परेका हुन् ।
प्रतिक्रिया