
सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु
सल्यान । सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका-८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी मृत्यु भएको हो।
शुक्रबार बेलुकी पहिरोमा परी बेपत्ता रहेका विकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
घरबाट नाउला बजार जाँदै गर्दा बाटोमा पहिरोमा पुरिएर उनको मृत्यु भएको जनाइएको छ। शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
