Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

उम्मेदवार टुंगो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।

बोर्डमा सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। शुक्रबार राति बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका १० क्षेत्रमा उम्मेदवारी टुंगो लगाएको थियो। आजको बैठकले बाँकी उम्मेदवारी टुंगो लगाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल