+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानमा पहिरोमा परी बालकको मृत्यु

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

सल्यान । सल्यानमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका- ८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी ज्यान गएको हो।

हिजो बेलुका पहिरोमा परी हराइरहेका बिकको खोजतलास गर्ने क्रममा आज बिहान नेपाली सेनाले विक को शव फेला पारेको हो।

घरबाट नाउला बजार जाँदै गर्दा बाटोमा आएको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल