भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय समन्वय कमिटी संयोजकले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् ।

शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्