Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल भियतनामसँग ५-० ले पराजित

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौँ । भियतनाममा जारी १७ वर्षमूनिको एएफसी कप फुटबल च्याम्पियन्स छनोट खेलमा लगातार दुई खेलमा पराजय व्यहोर्दै नेपाल बाहिरिएको छ ।

आयोजक भियतनामसँग भएको दोस्रो खेलमा पराजित भएसँगै नेपाल एक खेल खेल्न बाँकी भए पनि छनोट चरणबाट बाहिरिएको हो । हिजो साँझ भएको खेलमा नेपाली १७ वर्ष मूनीको टोली भियतनामसँग ५-० गोल अन्तरले पराजित भयो ।

यस अघि थाइल्याण्ड विरुद्धको खेलमा पनि नेपाल ३-० गोल अन्तरले पराजित भएको थियो । भियतनासंगको खेलको पहिलो हाफमा ४-० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको भएपनि थप एक गोल व्यहोर्दै पराजित भयो ।

प्रतियोगितामा अब नेपालले आफ्नो अन्तिक खेल भोलि चाइनिज ताइपेसँग खेल्नेछ । नेपालको समूहमा लगातार दुई खेल जितेको भियतनाम शीर्ष स्थानमा छ भने थाइल्याण्ड दोस्रो स्थानमा छ ।

दुई खेल नै हारेका नेपाल र चाइनिज ताइपे भने अंक विहिन छन् । अब भोलि हुने खेल नेपालका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल