+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा टुंगियो एमालेको उम्मेदवार, हेर्नुस् सूची

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ ।

तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई प्रदेशसभामा टिकट दिएर यो क्षेत्रबाट किरण गुरुङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । सिग्देलले पनि प्रतिनिधिसभाकै उम्मेदवार बन्न चाहेका थिए ।

एमालेले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि प्रतिनिधिसभाकै टिकट दिएको छ । लमजुङबाट प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा जुटेका एमाले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको उच्च स्रोतले जनाएको छ ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० मा भने एमालेले उम्मेदवार टुंग्याएको छैन । यो क्षेत्रबाट २०७४ मा वाम गठबन्धनको समर्थनमा दीपक मनाङेले जितेका थिए ।

यी हुन् गण्डकीका एमाले उम्मेदवार

तनहुँ–१ बाट प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल प्रदेशसभा तर्फ (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङ

तनहुँ–२ बाट किरण गुरुङ प्रदेशसभा तर्फ केदार सिग्देल र श्यामराज महत

गोरखा–१ बाट रामशरण बस्नेत प्रदेशमा (क) सुरेन्द्रबहादुर थापा र (ख) मोहन भट्टराई

गोरखा–२ बाट अब्दुस मिया प्रदेशतर्फ (क) राजु राना र (ख) बाट बसन्त गुरुङ

कास्की–१ बाट मनबहादुर गुरुङ प्रदेशतर्फ (क) खगराज अधिकारी र (ख) बाट वेदबहादुर गुरुङ

कास्की–२ विद्या भट्टराई प्रदेशतर्फ (क) भीम कार्की र (ख) मा मिना गुरुङ

कास्की–३ मा दामोदर वैरागी प्रदेशतर्फ (क) बाट गणेशमान गुरुङ र (ख) बाट राजीब पहारी

बाग्लुङ–१ बाट सूर्य पाठक प्रदेशतर्फ (क) बाट हिराबहादुर केसी र (ख) बाट नवराज पौडेल

बाग्लुङ–२ बाट मञ्ज शर्मा चालिसे प्रदेशतर्फ (क) बाट प्रकाश बुढा र (ख) बाट लक्ष्मणबहादुर पुन मगर

नवलपुर–१ बाट कृष्ण पौडेल प्रदेशतर्फ (क) बाट रवीन्द्र अधिकारी र (ख) बाट रोसन गाहामगर

नवलपुर–२ बाट तिलक महत प्रदेशतर्फ (क) बाट पदम बिसी र (ख) बाट लक्ष्मण पाण्डे

मुस्ताङबाट प्रेम तुलाचन प्रदेशतर्फ (क) बाट इन्द्रधारा विष्ट र (ख)बाट चन्द्रमोहन गौचन

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ प्रदेशतर्फ (क) बाट जमिन्द्रमान घले र (ख) बाट कृष्ण अधिकारी

स्याङ्जा–१ बाट नारायण मरासिनी प्रदेशतर्फ (क) बाट मिनप्रसाद गुरुङ र (ख) बाट सुधिर पौडेल

स्याङ्जा–२ बाट पद्मा कुमारी अर्याल प्रदेशतर्फ (क) बाट मोहन रेग्मी र (ख) बाट बुद्धिमान श्रेष्ठ

मनाङबाट पाल्तेन छोपेन गुरुङ प्रदेशतर्फ (क) दोर्जे डुन्डुल गुरुङ र (ख) मा बाँकी

पर्वतबाट पदम गिरी प्रदेशसभा तर्फ (क) बाट भक्तबहादुर कुँवर र (ख) बाट मित्रलाल बस्याल

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल