एमाले नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । घरको बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको परिवार बर्दिवासमा रहेका कारण हाल उनी घरमा एक्लै थिए । बिरामी समेत रहेका उनी बाथरुममा चिप्लिएर मृत्यु भएको हो ।

नेकपा माओवादी केन्द्रबाट पहिलो संविधान सभा निर्वाचनमा सभासद बनेका थिए । सशस्त्र द्धन्द्धका क्रममा उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेसँगै दुई पटक गरी ७ वर्ष भन्दा बढी समय जेल बसेका थिए । तत्कालिन नेकपाको विभाजनपछि एमालेमै बसेका उनी हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य रहेका थिए ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्