+
Search

ताजा अपडेट +

पपुलर +

जसपाका चार मन्त्रीले राजीनामा दिने

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका चार जना मन्त्रीले राजीनामा दिने भएका छन् । एमालेसँग चुनावी तालमेल भएसँगै जसपाका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।

एमालेसँग जसपाले १७ सिटमा प्रतिनिधिसभामा तालमेल गरेको छ । कांग्रेससँगको गठबन्धनमा रहेको जसपाले हालै गठबन्धन त्यागेको थियो । यो सँगै उसले एमालेसँग सहकार्य गरेको छ ।

आजमात्रै दुई दलबीच सिट बाँडफाँटमा सहमति भएको छ । जसपाबाट अहिले मोहम्मद ईस्तियाक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, मृगेन्द्र कुमार सिंह यादव सरकारमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल