चिनियाँ राजदूत यान्छीले सभामुख सापकोटासँग बिदाइ गरिन्

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्।

भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए। उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्