काठमाडौँ । प्रदेश १ मा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले नै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बन्न नपाउने भएका छन् ।
एमालेले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेलाई टिकट नदिएको हो । उनी भीम आचार्य मुख्यमन्त्री भएको समयमा प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए ।
एमालेले उनको साटो राजेन्द्र गौतमलाई टिकट दिएको छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनको तर्फबाट न्यौपाने संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विजयी बनेका थिए ।
उनले प्रदेशमा भने उम्मेदवारी नदोहोर्याउने बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) पनि चुनावी दौडबाट बाहिरिएका छन् ।
उनको नाम पाँचथरबाट प्रतिनिधिसभा र प्रदेशसभामा सिफारिस भएको थियो । उनको नाम प्रदेशसभामा पाँचथर (क)बाट सिफारिस भएको थियो ।
पाँचथर (२ख)मा भने माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बो उम्मेदवार भएका छन् । नेम्वाङ सिफारिस भएको प्रदेश निर्वाचन क्षेत्र (क) भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।
यता, नेपाली काँग्रेसका प्रदेश १ सभापति उद्धव थापा भने प्रदेशको समानुपातिक सूचीमा परेका छन् ।
प्रतिक्रिया