Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बारा ४ का लोसपा सांसद एकबाल मिया एमालेमा प्रवेश

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बारा-४ का निवर्तमान संघीय सांसद एकबाल मिया नेकपा (एमाले)मा प्रवेश गरेका छन्। शनिवार बिहान उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।

लोसपाबाट बारा-४ मा टिकट पाउने सम्भावना गुमेपछि उनले चुनाव लड्नको लागि पार्टी परिवर्तन गरेका हुन्। उनलाई बारा-४ बाट एमालेले टिकट दिने तयारी गरेको छ‍।

यसअघि बारा ४ बाट संघीय सांसदमा एमाले नेता देवनारायण चौधरीलगायतको नाम सिफारिस भएकोमा नवआगन्तुक नेतालाई टिकट दिँदा सामाजिक सञ्जालमा एमालेको केन्द्रीय तहमै आलोचना भइरहेको छ

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल