समाजवादीबाट उम्मेदवार बन्न रावललाई नेपालको प्रस्ताव

काठमाडौँ। एमालेबाट आउँदो चुनावका लागि टिकट नपाएका नेता भीम रावललाई नेकपा एकीकृत समाजवादी  का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।

नेपालले शनिबार बिहान नेता रावललाई टेलिफोन गरेर अछाम क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । तर नेता रावलले भने टिकट नपाए बरु चुनाव नलड्ने तर एमाले नछोड्ने जवाफ दिएको स्रोतले बताएको छ । तर एमाले नेता रावलले सो प्रस्ताव अस्वीकार गरेपछि पूर्व योजना अनुसार नै हाल श्रममन्त्री पनि रहेका शेरबहादुर कुँवरलाई उठाउने तयारी गरेको छ ।

अछाम १ बाट रावललाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपड बोहोरालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्