Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पुटिनको जन्मदिनमा रुस र युक्रेनबीच भीषण युद्ध

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

युक्रेन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समयअनुसार शुक्रबार आफ्नो ७० औँ जन्मदिन मनाइरहेका बेला उनको सेनाले युक्रेनसँगको युद्धमा आफ्नो कब्जामा लिएका क्षेत्रहरूमाथि नियन्त्रण गुमाएको छ।

अर्कोतर्फ, युक्रेनले सोही दिन १८ वटा रुसी होविट्जर उडाएर आठ ठूला ट्याङ्कहरू ध्वस्त पारेको छ । युक्रेनको साउथ अपरेशनल कमाण्डले रुसी सेनाले खेरसोन र माइकोलिभमा रक्षात्मक कारबाही सुरु गरेको तर आफ्नो उत्साहलाई कम गर्न नसकेको बताएको छ ।

युक्रेनी सेनाले जेलेनी बेसमा मोर्टार, ट्याङ्क र आईएफभीसँग भीषण लडाइँ गरेको छ । रूसी सेनाले पनि यहाँ ठूलो क्षति बेहोरेको छ । उनका सिपाहीहरूले पनि ठूलो संख्यामा हताहत भएका छन् । छ वटा रूसी टोही ओर्लोन–१० र एउटा महजार–६ बेरिस्लाव र माइकोलियोभ क्षेत्रमा खसालिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल