फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराले प्रस्तुति दिने

बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिव्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप एसियाली राष्ट्र कतारले आयोजना गरेको हो । यसैबीच फिफाले विश्वकपका लागि आफ्नो गीत ‘लाइट द स्काई’ सार्वजनिक गरेको छ । यो गीतमा नोरा फतेही पनि नाच्दै देखिने छिन् । एजेन्सी

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्