विराटनगर । मोरङमा गठबन्धन भित्र उम्मेदवारको टुंगो लगाएको छ । मोरङको ६ वटा निर्वाचन क्षेत्र मध्ये १, २, ३ र ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नेपाली कांग्रेसले पाएको छ भने ४ र ५ नेकपा माओवादी केन्द्रले पाएसँगै उम्मेदवार टुंगो लगाएको हो । त्यस्तै १२ वटा प्रदेश निर्वाचन क्षेत्रमा ३ वट क्षेत्र माओवादी, २ एकीकृत समाजवादीले पाउँदा बाँकी ७ वटा प्रदेश निर्वाचन क्षेत्र नेपाली कांग्रेसले लिएर उम्मेदवार टुंगो लगाएको छ ।
मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले टिकट पाउँदा प्रदेश (क)मा माओवादीका कुशल साम्बा लिम्बुले टिकट पाएका छन् । प्रदेश (ख)मा एकीकृत समाजवादीका उपेन्द्र घिमिरे उम्मेदवार हुनेछन् ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उम्मेदवार हुँदैछन् । प्रदेश (क)मा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र (ख) मा विनोद कार्कीले टिकट पाएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।
मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्माले प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गर्नेछन् भने प्रदेश (क) मा शेखरचन्द्र थापा र (ख)मा एकीकृत समाजवादीका उम्मेदवारले टिकट पाएका छन्, यो क्षेत्रमा एकीकृत समाजवादीले उम्मेदवार टुंगो लगाउन सकेको छैन । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा संघीय निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी उम्मेदवार बन्नेछन् भने प्रदेश (क) र (ख) दुवै नेपाली कांग्रेसले पाएका छन् ।
प्रदेश (क)बाट गुरुराज घिमिरे र प्रदेश (ख)बाट भीम पराजुृलीले टिकट पाएका छन् । त्यस्तै क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डलले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउने भएका छन् भने यो निर्वाचन क्षेत्रको दुवै प्रदेश कांग्रेसले पाएको छ।
प्रदेश ९क०मा गयानन्द मण्डल र (ख)मा अमृत अर्याल उम्मेदवार बन्दैछन् । प्रदेशका दुवै उम्मेदवार यस अघि संविधान सभाका उम्मेदवार थिए । क्षेत्र नम्बर ६मा डा शेखर कोइरालाले उम्मेदवारी दिनेछन् भने प्रदेश ९क०मा माओवादी केन्द्रका जीवन आचार्य र (ख)बाट कांग्रेसका केदार कार्कीले टिकट पाएका छन् ।
प्रतिक्रिया