Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

उमेद्वार दर्ता गर्न चाहीने कागजहरु केके हुन ?

Nanu Bhatta
२०७९ आश्विन २३, आईतवार

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उमेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ। आज अपरान्ह पाँच बजेभित्र उम्मेदवाहरुले मनोनयनपत्र निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने आयोगले बताएको छ।

यी हुन् उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातस्

१ .उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि,

२. मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

३ .प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा,

४. दलको उमेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र ९प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिम ,

५. धरौटी जम्मा गरेको नगद रसिद वा बैंक भौचर,

६. स्वघोषणा ९प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–६ बमोजिम०,

७. उमेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम ९प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–९ बमोजिम,

८. उम्मेदवारको वैयक्तिक विवरण फाराम ९प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१० बमोजिम  ।

प्रतिक्रिया

लेखकको बारेमा