ट्वीटरमा अब स्क्रिनशट लिन नमिल्ने

काठमाडौं । ट्वीटरले आफ्ना प्रयोगकर्तालाई स्क्रिनशट लिन नमिल्ने फिचर उपलब्ध गराउने भएको छ । वास्तविक ट्वीटको स्क्रिनशट लिएर शेयर गर्नेभन्दा पनि उक्त ट्वीटको लिंक कपी गर्ने वा लिंक शेयर गर्ने गतिविधिलाई प्रोत्साहन दिन कम्पनीले नयाँ फिचर ल्याउन लागेको हो ।

हाल केही प्रयोगकर्ताले आफूले कुनै ट्वीटको स्क्रिनशट लिन लाग्दा कपी लिंक र शेयर ट्वीट भन्ने दुई अप्सन देखापरेको सामाजिक सञ्जालमा शेयर गरेका छन् । प्रयोगकर्ताले यी दुईमध्ये एउटा अप्सन छान्नुपर्ने हुन्छ र यसमा दुवै अप्सन नछान्ने सुविधा भने दिइएको छैन ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्