काठमाडौं–५ मा ईश्वरविरुद्ध प्रदीपको उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले मंसिर ४ को निर्वाचनका लागि गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सोही क्षेत्रबाट एमालेका ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा पोखरेल विजयी भएका थिए । पौडेल भने सो क्षेत्रमा नयाँ अनुहार हुन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्