
पुकार बमले गराए उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेता पुकार बमले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बमले उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा बमले एमालेका किरण पौडेल, नेपाली कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रविन्द्र मिश्रसँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघि सिंहसँग रविन्द्र मिश्र पराजित भएका थिए।
