Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेले दिए चितवन–२ बाट उम्मेदवारी

अरुणा ढकाल
२०७९ आश्विन २३, आईतवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएपछि लामिछानेले आफूलाई विगतमा चितवनले लगाएको गुण तिर्न चाहेको बताएका हुन् ।

उनले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर जिताउन आग्रह पनि गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो ।

म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिए। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर ।’

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल