+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले गराए गोरखा—२ बाट उम्मेदवारी दर्ता

अरुणा ढकाल
२०७९ आश्विन २३, आईतवार

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि गोरखा—२ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्कमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गरेका हुन् ।अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

प्रचण्डको प्रस्तावकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र समर्थकमा नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल