Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

हिजो उम्मेदवारी,आज उजुरी

अरुणा ढकाल
२०७९ आश्विन २४, सोमबार
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारविरुध्द उजुरी दिने तालिका छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुर गर्न सकिने बताइएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथि दिउँसो ३ बजेदेखि भोलि साँझ ५ बजेसम्म जाँचबुझ गरेर निर्णय गरिने आयोगले जनाएको छ । चुनावी तालिकाअनुसार पर्सि उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । पर्सि साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गरिने छ । हिजो मुलुकभर प्रतिनिधि सभा र प्रदेश सभाको निम्ति छ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गरेका थिए । सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा देखिएका छन् । सबैभन्दा कम उम्मेदवार कर्णालीमा छन् ।  

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल