काठमाडौँ । समाजसेवी राजेन्द्र पराजुलीले गोरखा क्षेत्र नम्बर १ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट टिकटको आकाक्षी रहेका पराजुलीले गठबन्धनबाट टिकट नपाएपछि गोरखा पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पार्टी अध्यक्ष भट्टराईले नै गोरखाबाट चुनाव नलड्ने घोषणा गरेपछि गठबन्धनमा कमजोर रहेको नेपाल समाजवादी पार्टीका नेतले टिकट पाउन मुस्किल भएको हो । समाजसेवी र व्यवसायी छवि बनाएका पराजुलीको स्वतन्त्र उम्मेदवारीले गोरखा १ (ख) मा ठूलो अर्थ राख्छ ।
पार्टीबाट भन्दा पनि आफ्नौ श्रम र मेहनतबाट कमाएको केही अंश गोरखाली जनताको सेवामा खर्च गर्दे आएका पराजुलीले जनताको आग्रहमा नै उम्मेदवारी दिएका हुन् । उनले उम्मेदवारीले युवा नेतृत्व चाहने गोरखाली जनता खुशी भएका छन् ।
आफ्नो व्यक्तिगत स्वार्थबाट टाढा रहेका पराजुलीले गोरखाको समृद्धि र विकासको लागि नै आफ्नो सम्पूर्ण समय खर्चने प्रण समेत गरेका छन् । गोरखा १ बाट नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले टिकट पाएका छन् । प्रदेशसभा १ को (क) माओवादी केन्द्रको भागमा परेको छ भने (ख) कांग्रेसले पाएको छ।
प्रतिक्रिया