Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड गोरखामा बिहानैदेखि चुनाव केन्द्रित छलफलमा

अरुणा ढकाल
२०७९ आश्विन २४, सोमबार

गोरखा । गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तिब्र बनाएका छन् ।

आईतवार उम्मेदवारी दर्ता गराएर गोरखा सदरमुकाममा बसेका उनले बिहानैदेखि होटल गार्डेनमा भेटघाट थालेका हुन् । गोरखामा उपलब्ध माओवादी केन्द्रका केन्द्रिय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीसँग भेटघाट गरेका हुन् ।

लगत्तै सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेस, नेपाल समाजवादीका उम्मेदवार, जिल्ला नेतासँग दाहालले भेटघाट एवं छलफल गरेका थिए । भेटघाटमा कांग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई सहित गठबन्धनको तर्फबाट चारवटै प्रदेश सभाका उम्मेदवारहरु कृष्ण धिताल, नन्दप्रसाद न्यौपाने, फडिन्द्र देवकोटा, सुरेन्द्रराज पाण्डे सहित पार्टीका नेताहरु सहभागी थिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठपनि भेटघाटमा सहभागी छन् । चुनावी सन्र्दभमा गोरखाका सुरक्षा प्रमुखहरुसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम छ । उनी आजै काठमाण्डौँ फकेर्न कार्यक्रम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल