कालिकोटमा १५ जना मलामी गएका बेपत्ता

काठमाडौं। कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । १४–१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेपछि गएको प्रहरी घटनास्थलमा पुगेको छ,’ शर्माले भने, ‘प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्