
सर्पले टोकेर एकको मृत्यु
काठमाडौं । स्याङ्जाको वालिङमा सर्पले टोकेर एक पुरुषको मृत्यु भएको छ ।
स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उहाँले जानकारी दिए ।
‘सर्पले डसेपछि अस्पतालसम्म ल्याई पु¥याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो”, सूचना अधिकारी पौडेलले भने, ‘यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर ग¥र्यौं तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।’
