+
Search

ताजा अपडेट +

पपुलर +

मुगुमा पहिरोले घर भत्काउँदा ८ जनाको मृत्यु १२ जना बेपत्ता

अरुणा ढकाल
२०७९ आश्विन २४, सोमबार

काठमाडौं । मुगुमा पहिरोले घर भत्काउँदा ८ जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ११ स्थित सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर भत्किँदा १२ जना बेपत्ता भएको नगर उपप्रमुख इश्वर्य मल्लले जानकारी दिइन् ।

केही दिन यताको निरन्तर वर्षाका कारण मुगुका ठाउँठाउँमा पहिरो र बाढीले सडकसञ्जालका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको थियो । ‘भर्खरै मोवाइलमा नेटवर्क आएर हामीले खबर पायौँ घटना शनिबार राती नै घटेको रहेछ,’ उनले भनिन्, ‘अहिले नगरपालिकाको बैठक बसिरहेका छौं तुरुन्तै राहर त उद्धारमा खटिनेछौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल