Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी भन्दै एक युवकलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ

Nanu Bhatta
२०७९ आश्विन २६, बुधबार

काठमाडौं । प्रहरी भन्दै एक युवकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन्।

जेल चलान हुनेहरुमा रामेछापको सुनापति गाउँपालिका–१ तितुङटोलका २० वर्षीय रोहित भनिने मिनबहादुर तितुङ, सिन्धुलीको मरिण गाउँपालिका–३ का ३० वर्षीय देवराज वाइवा, र भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का २९ वर्षीय योगेन्द्र तामाङ छन्। अपहरण तथा डाँका कसुरमा पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

अदालतको आदेशपश्चात उनीहरुलाई डिल्लीबजार कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

गत साउन २२ गते राति ८ बजेतिर काठमाडौं–२६ म्हेपी पानीट्यांकीस्थित भित्री सडकमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका एक युवालाई उनीहरुले अपहरण गरेका थिए। हनुमानढोकाबाट आएको प्रहरी हौं भन्दै मोटरसाइकलमा राखेर यो समूहले अपहरण गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा