Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पानीको धारा चुनाव चिन्ह बाट चुनाव लड्दै नेता पराजुली

Nanu Bhatta
२०७९ आश्विन २७, बिहीबार

काठमाडौं । गोखरा क्षेत्र नम्बर १. ख बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका राजेन्द्र पराजुलीले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

राजनीतिलाई समाजसेवाको रुपमा हेर्ने र समाजमा रहेको बेरोजगारको संख्यालाई कम गर्ने उद्देश्यका साथ ग्रामीण भेगको जनता र भौगोलिकतालाई मध्यनजर गरि आफुलाई अगाडि ल्याएका छ्न। यसै बीच निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले पराजुलीलाई पानीको धारा चुनाव चिह्न दिएको हो ।

गोरखाका पराजुलीको उम्मेदवारीलाई सकारात्मक रुपमा लिइएको छ । नेपाल समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका पराजुलीले देशमै युवालाई रोजगारी दिनुपर्ने,श्रम र सीपको विकास गर्नुपर्ने आदी योजना अघि सारेका छन् ।पराजुली गोरखामा स्वच्छ छवि र समाजेवीको रुपमा प्रख्यात छन् ।

प्रतिक्रिया

लेखकको बारेमा